बागमतीका विनाविभागीय मन्त्री चित्रकारलाई तीन महिनापछि उद्योग मन्त्रालयको जिम्मेवारी

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


मकवानपुर । बागमती प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड, २०८० लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकार प्रवक्ता गङ्गानारायण श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

चित्रकारले गत जेष्ठ ७ गते मन्त्री पदको शपथ खाएका थिए। मन्त्रालय भन्दा मन्त्रीको संख्या बढी हुँदा मन्त्रालयको संख्या थप गर्नुपर्ने कारण कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता समेत रहेका चित्रकार लामो समयसम्म विभागविहीन थिए । बैठकले विभाग तोकेसँगै उनले मंगलबारै पदभार ग्रहण समेत गरिसकेका छन् ।

बैठकले बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि केन्द्र सरकारलाई सिफारिस गर्ने समेत निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले विज्ञान प्रविधि नवप्रवर्द्धन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठले बागमती प्रदेशसभाको बैठक भदौ १७ गतेका लागि आह्वान गर्न प्रदेशसभालाई आग्रह गर्ने निर्णयसमेत गरेको बताए ।

त्यसैगरी, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।

बैठकले ज्यान जोखिममा परेका सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि स्वीकृत गरेको उनले बताए ।


भर्खर

खुटियाको पानीले धनगढीको जमिन सिँचाइको योजनामा मेयर हमालको चाँसो

धनगढीः कैलालीका खुटिया नदीको पानीले धनगढीको जमिन सिँचाइ गर्ने योजनामा मेयर गोपाल हमालले चाँसो देखाएका

बझाङमा दुई बालबालिकाको डुबेर मृत्यु

बझाङः बझाङ जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाले दिएको

धनगढीमा प्रहरी कार्यालयको छतबाट खसेर भान्छेको मृत्यु

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ