बल्चौरको बादी बस्तीमा खानेपानीको हाहाकार

Monday June 29, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरमा रहेको बादी बस्तीमा खानेपानीको हाहाकार भएको छ ।
कैलालीको महेन्द्र राजमार्गसँग जोडिएको बल्चौर बादी बस्तीमा १७३ घरधुरी बादी समुदायको बसोबास रहेको छ । गर्मीयाममा पानीका स्रोत सुक्ने गरेपछि १७३ घरधुरी परिवार दुई वटा धारामा भर पर्नुपर्दा खानेपानीको हाहाकार भएको हो ।
लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरीले साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था लम्कीले सञ्चालन गरिरहेको कर्णालीको पानी लम्कीवासीलाई भन्ने योजनामार्फत बल्चौरसहित खानेपानी अभाव रहेका बस्तीको समस्या एक वर्षभित्र समाधान गर्ने गरी काम भइरहेको बताइन । उनले नगरवासीलाई शुद्ध खानेपानी घर घरमा पु¥याउने योजना प्राथमिकताका साथ अगाडि बढाइएको बताइन ।
लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष लबबहादुर शाहीले बल्चौर बस्तीमा लामो समयदेखि खानेपानीको समस्या रहेको बताए । उनले केही समयअघि नगरपालिकाको पहलमा जर्मन सरकारको सहयोगमा दुई वटा धारा र एउटा डिप बोरिङ निर्माण गरेको बताए । उनले १७३ घरधुरीका लागि दुई वटा धारा पर्याप्त नभएको बताए ।
बादी समुदायकी अगुवासमेत रहेकी रमा बादीले यहाँ पानीको समस्या प्रमुख रहेको बताइन । उनले भनिन, “एक गाग्रो पानीका लागि बिहानदेखि साँझसम्म पालो कुर्नुपर्ने बाध्यता छ ।’’ उनले दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गरिदिन आग्रह गरिन ।
२०६४ साल माघ २६ गते बल्चौर बादी बस्ती बसेको थियो । बस्तीका अधिकांश परिवारले लालपुर्जा प्राप्त गरिसकेका छन् भने केही परिवारले अझै लालपुर्जा प्राप्त गरेका छैनन् ।


भर्खर

कैलालीको स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त

काठमाडौँः कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको छ। सिफारिस

भारी वर्षाको पूर्वानुमान

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर

अछाममा युवतीमाथि करणी, एक युवक पक्राउ

धनगढी :अछाममा १७ वर्षीया युुवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ ।