बडीमालिका र रामारोशन वन क्षेत्रको दिगो संरक्षण गर्न छलफल

Tuesday January 6, 2026

पढ्न लाग्ने समय :


धनगढी : सुदूरपश्चिम प्रदेशका प्रसिद्ध धार्मिक प्राकृतिक पर्यटकीय स्थल बडीमालिका र रामारोशन बन क्षेत्रको दिगो संरक्षणको लागि छलफल भएको छ ।

प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा मंगलबार धनगढीमा आयोजित छलफलमा सहभागीहरूले बन संरक्षण, पर्यटन विकास र स्थानीय जीवनयापन बीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाहले बडीमालिका–रामारोशन बन संरक्षण र विकासलाई सँगसँगै अघि बढाउन स्थानीय तह, समुदाय र निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।

पर्यटन प्रवर्धन तथा बन क्षेत्रको संरक्षणका लागि प्रदेश सरकारले आवश्यक ऐन, नियम तथा कार्यविधि निर्माण गरेको उनले बताए। छलफलमा प्रदेश सभा सदस्यहरू झपट बहादुर साउँद, नरेश कुमार शाही, अक्कल रावल, र पदमबहादुर शाही, बडीमालिका नगरपालिका प्रमुख अमर खड्का, रामारोशन गाउँपालि अध्यक्ष मानबहादुर साउँद, त्रिवेणी नगरपालिका उपप्रमुख कमला कुमारी जैसी, लगायतले धारणा व्यक्त गरे।

यसैबीच, बडीमालिका–रामारोशन बन संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गर्न प्रदेश वन निर्देशक हेमराज विष्टको नेतृत्वमा सात सदस्यीय समिति गठन गरिएको जनाइएको छ।

 


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती