बझाङमा नक्कली चुरोटसहित दुई जना पक्राउ 

Sunday May 3, 2026

पढ्न लाग्ने समय :


बझाङ :  जयपृथ्वी नगरपालिका–१० जिपपार्क क्षेत्रमा प्रहरीले नक्कली चुरोटसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार साँझ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त सफलता हासिल गरेको हो।

प्रहरीका अनुसार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ बस्ने ३२ वर्षीय पंकज चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ००१ क २५५२ नम्बरको मिनी ट्रकमा शंका लागेपछि जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकभित्र ९ पेटी १० डण्डा नक्कली ‘खुकुरी’ चुरोट फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनामा ट्रक चालक चौधरीसहित बैतडीको पाटन नगरपालिका–२ बस्ने २१ वर्षीय हेमराज पाण्डेयलाई पनि पक्राउ गरिएको छ। प्रहरीले ट्रक, बरामद चुरोट तथा दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।