बझाङमा चरेशसहित एक जना पक्राउ
पढ्न लाग्ने समय :
बझाङको जयपृथ्वी नगरपालिका–११, धामीलेखस्थित जोशी किराना एण्ड वाइन कर्नर पसलबाट प्रहरीले लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही स्थानका ४८ वर्षीय जयराज जोशी रहेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो जोशीले सञ्चालन गरेको पसलमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ५० ग्राम ५१ मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा लागूऔषध तौल गर्न प्रयोग हुने एक थान हाते तराजु तथा नगद रु. १२ हजार ४ सय पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ।