बङ्गलादेशसँग छिट्टै विद्युत् व्यापार सम्झौता हुन्छ : मन्त्री बस्नेत

Tuesday August 22, 2023

पढ्न लाग्ने समय :


चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता छिट्टै हुने बतएका छन् ।

भरतपुर विमानस्थलमा ऋँज् पत्रकारहरुसँग आज कुराकानी गर्दै मन्त्री बस्नेतले सम्झौतासम्बन्धी यसैवर्ष औपचारिक रुपमा घोषणा समेत गरिने स्पष्ट पारे ।

उनले भने, “औपचारिकता दिनुपर्ने केही काम बाँकी छन्, त्यो पनि अन्तिम चरणमा आइपुगेको छ । सम्झौतापछि कार्यान्वयनमा जान्छ ।”

उनले सुख्खा र वर्षा दुवै समयमा नेपाल विद्युत्मा आत्मनिर्भर हुन लागेको बताए । “हामी पूर्णरुपमा आत्मनिर्भर बन्दैछौँ,  यससँगै सबै समस्याको समाधान हुन्छ”, उनले भने ।

वर्षामा विद्युत् बढी उत्पादन हुने र सुख्खायाममा अपुग हुने स्थिति छिट्टै समाधान हुने मन्त्री बस्नेतको दाबी छ । उत्पादन वृद्धि गरेर वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम हाल भइरहेको उनको भनाइ छ । पचास प्रतिशत क्षेत्रमा मात्रै भएको विद्युतीकरणलाई बढाएर ९८ प्रतिशत क्षेत्रमा पुर्या एको भन्दै उनले भने हाल देखिएका समस्या छिट्टै समाधान हुने दाबी गरे ।

उनले भने, “अबको सुख्खा सिजनमा अहिले देखिएका समस्या समाधान भएर जान्छन् । सरकारले एकीकृत योजनाका साथ ऊर्जा क्षेत्रको उत्पादन, प्रसारण र वितरण प्रणालीलाई व्यवस्थित गर्ने काम गरिरहेको छ ।”

यससँगै सर्वसुलभ रुपमा विद्युत् व्यापार गर्ने विषयलाई समेत जोडेर एकीकृत योजनाका साथ अघि बढेको मन्त्री बस्नेतले बताए ।

उनले भने “सबैलाई थप प्रभावकारी बनाउनका लागि नीतिगत र कानुन सुधारका काम हामीले गरिरहेका छौं ।”


भर्खर

सेती अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी

धनगढी : सेती प्रादेशिक अस्पतालको पार्किङमा राखिएको स्कारपियोमा आगलागी भएको छ । शनिवार साँझ धनगढी

वडासचिव धम्क्याउने खड्का पक्राउ

काठमाडौं : प्रधानमन्त्री कार्यालयबाट हुँ भन्दै दैलेखका एक वडाध्यक्षलाई धाकधम्की दिने प्रकाश खड्का पक्राउ परेका

वैद्यनाथमा भजन–कीर्तनका लागि साङ्गीतिक सामग्री हस्तान्तरण

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले अछामस्थित वैद्यनाथ क्षेत्रमा साप्ताहिक शनिवार सञ्चालन हुँदै