फ्लोरिडोमा सामाजिक सञ्जालमा बालबालिकाको पहुँचलाई सीमित गरिने

Tuesday March 26, 2024

पढ्न लाग्ने समय :


वासिङ्टन । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यका गभर्नर रोन डिसेन्टिसले १४ वर्ष मुनिका बालबालिकालाई आफ्नै सामाजिक सञ्जाल खाताहरू राख्नबाट प्रतिबन्ध लगाउने विधेयकमा हस्ताक्षर गरेका छन् ।

यो कानुनले सामाजिक सञ्जालमा खाता खोल्नको लागि १४ र १५ वर्षका बालबालिकाले अभिभावकको सहमति लिनुपर्ने व्यवस्था पनि गरेको छ ।

यसले ‘अभिभावकहरूलाई आफ्ना बच्चालाई सुरक्षित राख्न सहयोगी बन्ने विश्वास गरिएको छ । सामाजिक सञ्जालमा बालबालिकालाई अनुपयुक्त साइटहरूमा पहुँच रोक्नको लागि वेबसाइटहरूको आवश्यकता रहेको छ । सन् २०२५ जनवरी १ देखि यो विधेयक कार्यान्वयनमा आउनेछ ।

नयाँ कानुनसँगै अर्कान्सास, क्यालिफोर्निया, लुइजियाना, ओहायो र युटापछि फ्लोरिडा सामाजिक सञ्जालमा बालबालिकाको पहुँच सीमित गर्ने नियमहरू लागू गर्ने अर्को एक अमेरिकी राज्य बनेको छ ।

सामाजिक सञ्जालमा पहुँचसम्बन्धी यो कानुनले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले बालबालिकालाई पार्ने नकारात्मक असरलाई रोक्नेछ वकिलहरूको तर्क रहेको छ ।

हालै पारित नयाँ कानूनले अन्य राज्यहरूमा पहिले नै चलिरहेको चुनौतीहरूको जस्तै कानुनी विरोधको सामना गर्नसक्ने विश्वास गरिएको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको