प्राध्यापक खरेलको पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण

Monday March 3, 2025

पढ्न लाग्ने समय :


लेखक तथा प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ । सोमवार काठमाडौंमा एक समारोहकाबीच त्रिभूवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) खड्ग केसीले पुस्तकको लाकोर्पण गर्नुभएको हो । लोकार्पण कार्यक्रममा बोल्दै लेखक तथा प्रध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताउनु भयो । पुस्तकमा ८० प्रतिशत सामग्रिहरु विश्व दृष्टिकोणबाट लेखेको उहाँको भनाइ छ । उहाँले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डिकरणको प्रवेश भएको बताउनु भयो । उहाँले नेपालका अधिकांश पत्रकारहरु राजनीतिक दलको भ्रातृ संगठनको सदस्य रहेको कारण समस्या भएको उल्लेख गर्दै उहाँले यसलाई शुद्धीकरण गर्नुपर्नेमा आफ्नो जोड रहेको बताउनु भयो ।
उहँले भन्नुभयो, ‘अहिलेको पुस्तक चाहीँ आदर्शको हिसाबले पत्रकारिता चौथो अंग नै हो । तर राजनीतिकरण, खण्डिकरणको प्रवेश पत्रकारिता क्षेत्रमा नेपालमा मात्र होइन विश्वभरी नै भयो । र मेरो पुस्तकमा ८० प्रतिशतभन्दा बढी सामग्रि विश्वको दृष्टिकोणबाट मैले तयार गरेको छु । मैले पश्चिमा देशको अवस्थाहरुबारे विज्ञहरुसँग राखेको छु भने नेपालको अवस्थामा केही स्रोतहरु लिएको छु । नेपालको पत्रकारितामा पनि राजनीतिकरण भएको छ । धेरै पत्रकारहरु राजनीतिक दलको भातृ संगठनको सदस्य भएको हिसावले त्यो शंकास्पद हुन्छ । यसलाई शुद्धिकरण गर्नुपर्छ भन्ने मेरो जोड हो ।’

पछिल्लो समय नेपालको मात्र नभई अमेरिका र युरोपको समते पत्रकारिताको स्तर खस्किदै गएको बताउनु भयो ।


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार