प्रधान सेनापतिद्वारा वार्तामा आउन आन्दोलनकारीहरुलाई आह्वान

Tuesday September 9, 2025

पढ्न लाग्ने समय :


न्युज नेपाल समाचार
धनगढी, भदौ २४ गते । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् ।

मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा गर्नु सबैको साझा कर्तव्य भएको उल्लखे गरेका छन् । उनले भनेका छन्– तसर्थ आन्दोलनकारीहरुलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्तामा आउन आह्वान गर्दछु ।

प्रधान सेनापतिले हाल देशभर भइरहेका आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना र सहानुभूति प्रकट गरेका छन् । प्रधानसेनापति सिग्देलले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

भिडियो वक्तव्यमार्फत प्रधान सेनापति सिग्देलले नेपालको इतिहासदेखि नै नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता, राष्टिय एकता र नेपाली जनताको सुरक्षार्थ विषम परिस्थितिमा पनि नेपाली सेना प्रतिवद्ध रहदै आएको तथ्य सबैलाई सर्वविदितै रहेको उल्लेख गरेका छन् ।

शान्ति, सुरक्षा, अमनचयन र राष्ट्रिय एकता तथा सदभाव कायम राख्न सबै नेपालीको साझा दायित्व रहेको उल्लेख गर्दै उनले भनेका छन्, आन्दोलनका कारण निकै जनधनको क्षति भइसकेकोले थप क्षती हुन नदिन र राष्ट्रिय तथा ऐतिहासिक सम्पदा, सार्वजनिक तथा नागरिक सम्पत्ति, आम नागरिक, मित्रराष्ट्रका कूटनीतिक नियोग तथा सरोकारवालाको सुरक्षाका लागि आग्रह गरेका छन् । उनले मातृभूमि र देशको जयगान गर्दै राष्ट्रिय सद्भाव र एकताका लागि सबैलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन् ।


भर्खर

नेपाल–भारत संयुक्त सुरक्षा बैठक, सीमामा कडाइ

धनगढीः नेपाल–भारत संयुक्त सुरक्षा बैठक बसेको छ। गौरीफन्टा लगायतका सीमा क्षेत्रमा कडाइएका लागि बैठकको आयोजना

डडेल्धुरामा सवारीचालक अनुमति सेवा बन्द

डडेलधुरा : करिब तीन वर्षअघिदेखि डडेलधुरामा सुरु भएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स सेवा) बन्द भएको छ

कञ्चनपुरमा करणीको अभियोगमा एक जना पक्राउ

कञ्चनपुरः जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्। ५० वर्षीया महिलालाई जबरजस्ती