प्रतिनिधि सभा बैठकमा एमालेले गर्यो पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री पक्राउको विरोध

Thursday April 2, 2026

पढ्न लाग्ने समय :


काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै समय मागेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठक सञ्चालन गर्ने बित्तिकै एमालेका सांसदहरु उठेर समय मागेका हुन्।
त्यसपछि सभामुख केसीले गुरु बराललाई सम्बोधन गर्न समय दिएका छन्। एमालेले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनीरुपमा पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ। बरालले आजै पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई रिहाई गर्न सरकारसमक्ष माग गरे।
उनले एमालेको शान्तिपूर्ण विरोधमा सरकारले दमन गरेको र सांसद घाइते भएको जानकारी दिए।


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार