पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ एशियन गेम्सको तयारी–सदस्यसचिव घिसिङ

Sunday December 29, 2024

पढ्न लाग्ने समय :


राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ को एसियन गेम्सको तयारी गरिरहेको बताउनुभएको छ ।  राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेलपोषण कार्यक्रमको समापनको अवसरमा आईतवार सदस्यसचिव घिसिङले २० औं एशियाली खेलकुदका लागि विशेष तयारी शुरु गरिएको बताउनुभ यो । नेपालले १९ औं एशियाली खेलकुद सम्पन्न भएलगत्तै आगामी एसियन गेम्सको तयारी शुरु गरेको हो । सो कार्यक्रममा सदस्यसचिव घिसिङले अहिलेसम्म स्वर्ण जित्न नसकिएको उल्लेख गर्दै २० औं एशियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन २०२६ अन्तर्गत विशेष तयारी गरिएको बताउनु भयो ।  यस पुस्ताका खेलाडी र प्रशिक्षकमा स्वर्ण जित्ने जिम्मेवारी आएको उहाँको भनाइ छ । उहाँले न्युनतम सेवा सुविधा भएपनि खेलाडीको प्रशिक्षण गरिएको बताउनु भयो । साथै रणनीति योजनाका रूपमा पदकका सम्भावना बोकेको खेलाडीलाई वैदेशिक प्रशिक्षणका साथै राम्रो प्रशिक्षक झिकाएर पनि तयारी गर्ने सदस्यसचिव घिसिङले बताउनु भयो । सदस्यसचिव घिसिङले मिसन २०२६ अनुरूप खेलाडीलाई प्रशिक्षणमा मात्र सिमित नगराउने पनि स्पष्ट पारेका छन् । तयारीका लागि अन्तर्राष्ट्रिय एक्सपोजर, सुविधा सम्पन्न फिटनेस र अन्य आवश्यक पर्ने सबै पक्ष खेलाडीले तयारीका क्रममा पाउने उहाँको भनाइ छ ।
उहाँले सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माणको कार्य चाँडै सकिने जानकारी गराउँदै स्पोर्ट्स साइन्स ल्याबलाई आवश्यक पर्ने सामाग्री खरिदको प्रक्रिया पनि शुरु भइसकेको बताउनु भयो । उहाँले खेलाडीको पुरस्कारको व्ययवस्था कानूनमै उल्लेख भएको हुँदा खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह गर्नुभयो । घिसिङले तालिमले मात्र नपुग्ने भएकाले विश्वका स्तरीय खेलाडी र टिमसँग प्रतिष्पर्धा गर्न निश्चित योजनासहित खाका पेश गर्न सम्बन्धित राष्ट्रिय खेल संघलाई निर्देशन दिँदै जोड दिनुभयो । राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गर्दै आफूले जित्न नसकेको पदक अहिलेका खेलाडीले जितेर इतिहास रचेको खण्डमा आफैँले जितेसरह हुने धारणा व्यक्त गर्नुभयो ।

प्रशिक्षकहरूका तर्पmबाट भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले उर्जा थप्नुका साथै मनोबल पनि बढाएको उल्लेख गर्दै पाएको अवसरलाई भरपुर उपयोग गर्नुपर्ने बताउनु भयो ।  उक्त कार्यक्रममा हाङझाव एसियाडको करातेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भइरहेकाले अवश्य सुखद् नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको बताउनु भयो । यो विशेष प्रशिक्षण गत वर्षको मंसिर १ गतेदेखि शुरु भएको हो । विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष÷महिला कबड्डी, महिला भलिबल र गल्फका कुल ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको