पूर्वी लेबनानमा इजरायली हवाई आक्रमणमा परी ६० जनाको मृत्यु

Tuesday October 29, 2024

पढ्न लाग्ने समय :


पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु हुनुका साथै अन्य ५८ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले उपत्यकाका १२ क्षेत्रहरू प्रभावित भएको बताएको छ । तीमध्ये अधिकांश बालबेक क्षेत्रमा छन् । उद्धार प्रयासहरू जारी रहेकाले मृतकको सङ्ख्या प्रारम्भिक रहेको बताइएको छ । बालबेकका गभर्नर बाचिर खोडरले लेबनान र इजरायलबीचको द्वन्द्व शुरु भएदेखि नै यस क्षेत्रमा भएको सबैभन्दा हिंसात्मक आक्रमणको निन्दा गर्नुभयो । सेप्टेम्बर २३ देखि इजरायलले लेबनानमा हवाई आक्रमणलाई तिब्र पारेको छ ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका