पाल्पा क्षेत्र नं १ मा एमालेका नारायणप्रसाद आचार्य विजयी

Friday November 25, 2022

पढ्न लाग्ने समय :


पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले ३१ हजार एक सय तीन मत प्राप्त गरे भने प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार दुई सय ५६ मत पाएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिए ।

स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, जनता समाजवादी पार्टी नेपालका मेहरमान रानाले ८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले दुई सय ५२, मङ्गोल नेशनल अर्गनाइजेशनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ र राष्ट्रिय जनमुक्ति पार्टीका उजरसिं दर्लामीले एक सय १५ प्राप्त गरे ।

आयोगका अनुसार स्वतन्त्र उम्मेदवारहरु नारायण न्यौपानेले २७, राजु सुनारले ६८ र डोलराज तिमिल्सिना (पुतली चिह्न) ले १० मत प्राप्त गर्नुभयो । प्रतिनिधिसभा क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकोमा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको थियो । जसमध्ये एक हजार चार सय सात मत बदर भएको छ ।

गत मङ्सिर ५ गते साँझदेखि सुरु भएको मतगणना आज सम्पन्न भएको हो । प्रतिनिधिसभामा निर्वाचित आचार्य २०७४ को क्षेत्र नं १ (२) मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको