पाकिस्तानको सिन्धमा तीर्थयात्री बस दुर्घटनाः १२ जनाको मृत्यु, १५ घाइते

Monday February 17, 2025

पढ्न लाग्ने समय :


पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रान्तको खैरपुर जिल्लाको राष्ट्रिय राजमार्गमा तिब्र गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । पूर्वी पञ्जाव प्रान्तबाट तीर्थयात्रामा धार्मिक उत्सव मनाउन सेहवान शहर जाँदै गरेका यात्रुहरू जिल्लाका स्रोतहरूले बताए ।

महिला र बालबालिका लगायत घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको स्रोतहरूले बताएका छन् । खराब मर्मतसम्भार गरिएका सडकहरू, सडक सुरक्षा नियमहरूको उल्लङ्घन र लापरवाह ड्राइभिङका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटनाहरू हुने गर्छन् ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको