पाकिस्तानको सिन्धमा तीर्थयात्री बस दुर्घटनाः १२ जनाको मृत्यु, १५ घाइते

Monday February 17, 2025

पढ्न लाग्ने समय :


पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा तीर्थयात्री बोकेको बस पल्टिँदा १२ जनाको मृत्यु र १५ जना घाइते भएको प्रहरी स्रोतले जनाएको छ । प्रान्तको खैरपुर जिल्लाको राष्ट्रिय राजमार्गमा तिब्र गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । पूर्वी पञ्जाव प्रान्तबाट तीर्थयात्रामा धार्मिक उत्सव मनाउन सेहवान शहर जाँदै गरेका यात्रुहरू जिल्लाका स्रोतहरूले बताए ।

महिला र बालबालिका लगायत घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ । जसमध्ये धेरैको अवस्था गम्भीर रहेको स्रोतहरूले बताएका छन् । खराब मर्मतसम्भार गरिएका सडकहरू, सडक सुरक्षा नियमहरूको उल्लङ्घन र लापरवाह ड्राइभिङका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटनाहरू हुने गर्छन् ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका