पाँच दिनदेखि हुम्लामा हवाइ उडान प्रभावित

Friday August 25, 2023

पढ्न लाग्ने समय :


सिमकोट । सडक यातायातले नछोएको हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। हवाइ सेवासमेत अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्।

आइतबार रातिबाटै लगातार पानी परेका कारण हिमाली जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको हो। बिहानैबाट पानी परिरहेका कारण नेपालगञ्ज र सुर्खेतबाट हुने हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज दंगालले बताए।

शुक्रबार दिउँसो मौसम सुधार आए पनि सिमकोट विमानस्थलमा हावाको चाप बढेपछि उडान हुन नसकेको हो।

सीता एयर नेपालगञ्जका बजार व्यवस्थापक सन्दीप भण्डारीले कर्णालीका हुम्लाको सिमकोट मात्र नभएर कुनै पनि हिमाली जिल्लाका उडान हुन नसकेको बताए।


भर्खर

कैलालीको वनमा निर्माण गरिएका संरचनामा वन कार्यालयको डोजर

धनगढी : कैलालीका वनमा निर्माण गरिएका संरचनाहरूमा डिभिजन वन कार्यालयले डोजर चलाएको छ। जिल्लाको गोदावरी

गौरीफन्टा सीमा नाकाबाट नाबालिकालाई भारत लैजाने युवक प्रक्राउ

धनगढी : कैलालीको गौरीफन्टा नाकाबाट प्रहरीले नाबालिकालाई भारततिर लगिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय