पाँच दिनदेखि हुम्लामा हवाइ उडान प्रभावित

Friday August 25, 2023

पढ्न लाग्ने समय :


सिमकोट । सडक यातायातले नछोएको हुम्लामा पाँच दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। हवाइ सेवासमेत अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन्।

आइतबार रातिबाटै लगातार पानी परेका कारण हिमाली जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको हो। बिहानैबाट पानी परिरहेका कारण नेपालगञ्ज र सुर्खेतबाट हुने हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज दंगालले बताए।

शुक्रबार दिउँसो मौसम सुधार आए पनि सिमकोट विमानस्थलमा हावाको चाप बढेपछि उडान हुन नसकेको हो।

सीता एयर नेपालगञ्जका बजार व्यवस्थापक सन्दीप भण्डारीले कर्णालीका हुम्लाको सिमकोट मात्र नभएर कुनै पनि हिमाली जिल्लाका उडान हुन नसकेको बताए।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।