पाँच जना सवार मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्क विहीन

Friday March 27, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ :  रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ। हेलिकोप्टरका म्यानेजिङ डाइरेक्टर रोनान लामिछानेले पाइलटसहित ५ जना सवार हेलिकोप्टर सम्पर्कविहीन भएको बताए।

‘अरू केही विवरण आएको छैन। हेलिकोप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो,’ उनले भने, ‘टेलिफोन सम्पर्कसमेत नहुने क्षेत्र भएकाले अरु विवरण प्राप्त हुन सकेको छैन।’

नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार दिउँसो साढे १ बजेदेखि हेलिकोप्टर सम्पर्कविहीन भएको हो।

उता रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले भने घटनाबारे बुझ्ने काम भइरहेको बताए। ‘माथिल्लो क्षेत्रमा रहेका नेपाली सेना र प्रहरीसँग घटनाबारे बुझ्ने काम भइरहेको छ। अरू केही सूचना प्राप्त भएको छैन,’ उनले भने।

 


भर्खर

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

धनगढी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ।

कञ्चनपुरमा ‘डिएपी’ मल अभाव

महेन्द्रनगर : जिल्लामा धानखेतीका लागि डिएपी मल अभाव देखिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड

धनगढीमा रास्वपाका नेता सिंह कुटिए, एक जना पक्राउ

धनगढी : धनगढीमा गएराति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नेता शैलेश सिंहमाथि कुटपिट भएको घटनामा