पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

Tuesday June 30, 2026

पढ्न लाग्ने समय :


दार्चुला : दार्चुलाको पनेबाज क्षेत्रस्थित तेर्छालेकमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत दार्चुला-गोकुलेश्वर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

लोकमार्ग अवरुद्ध भएपछि दार्चुलाबाट भित्रिने र बाहिरिने छोटो तथा लामो दूरीका दर्जनौँ सवारीसाधनहरू बीच बाटोमै रोकिएका छन्, जसका कारण यात्रुहरू अलपत्र परेका छन्।

सडक विभाग र स्थानीय प्रशासनसँगको समन्वयमा प्रहरीले पहिरो पन्छाएर यातायात सुचारु गर्ने प्रयास गरिरहेको छ। यद्यपि, सो क्षेत्रमा अहिले पनि निरन्तर वर्षा भइरहेकाले पहिरो हटाउन केही समस्या भइरहेको प्रहरीले जनाएको छ।

वर्षा जारी रहेकाले जोखिमयुक्त क्षेत्रहरूमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले सर्वसाधारण र चालकहरूलाई अनुरोध गरेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।