पत्रकार विह्वलको जगन्मुक्ति लोकार्पण

Sunday April 5, 2026

पढ्न लाग्ने समय :


बागलुङ : पत्रकार धर्मेन्द्र झाको नयाँ यात्रा संस्मरण पुस्तक ‘जगन्मुक्ति’ सार्वजनिक भएको छ । बागलुङ मिडिया मेला-२०८२ को अवसरमा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।
साहित्यिक क्षेत्रमा ‘धर्मेन्द्र विह्वल’ का नामले परिचित झाले यस पुस्तकमा हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथदेखि समुद्र किनारस्थित जगन्नाथसम्मको आफ्नो यात्रालाई उतारेका छन् ।
लेखक झाका अनुसार मुक्तिनाथका विषयमा मैथिली भाषामा लेखिएको यो पहिलो पुस्तक हो । उनले यो पुस्तक मैथिली भाषीलाई मुक्तिनाथ बुझ्न र जान्न विशेष उपयोगी हुने विश्वास व्यक्त गरे । पछिल्लो समय मुक्तिनाथ दर्शन गर्न आउने मैथिली भाषीको संख्या बढेको उल्लेख गर्दै उनले भने, ‘प्रत्येक मिथिलावासीको घरमा शालिग्रामको पूजा हुन्छ, र मुक्तिनाथ शालिग्रामको प्रमुख केन्द्र हो ।’ पुस्तकले नेपाल र भारतबीचको सांस्कृतिक एवं धार्मिक सम्बन्धलाई समेत जोड्ने प्रयास गरेको छ ।
१०२ पृष्ठ लामो यस पुस्तकमा यात्राका क्रममा देखिएका विभिन्न विषयवस्तु र महत्त्वपूर्ण तस्बिरहरू समावेश गरिएका छन् । पुस्तकलाई तीन खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा ‘हिमालय पार वसल मुक्तिनाथ’, दोस्रो खण्डमा ‘समुद्र तटमे रहल जगन्नाथ’ र तेस्रो खण्डमा ‘कालीदर्शन आ महाकुम्भमे सहभागिता’ शीर्षकमा चर्चा गरिएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको मिडिया मेलाको उद्घाटन समारोहकै बीच मुख्यमन्त्री पाण्डेले पुस्तक सार्वजनिक गरेका हुन् ।
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस) का निवर्तमान अध्यक्ष हुन् । उनी अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) का पूर्ववैकल्पिक सल्लाहकार र नेपाल प्रेस युनियनका केन्द्रीय सल्लाहकारलगायत विभिन्न सञ्चारमाध्यममा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् । यसअघि उनका ‘रस्ता तकैत जिनगी’, ‘एक सृष्टि एक कविता’, ‘एक समयक बात’, ‘शहरक भीडमे एसगर हम’, ‘व्योमक ओहि पार’, ‘मिथिला मिथक’, ‘नेपालीय मैथिली छापा पत्रकारिताको इतिहास’, ‘भ्रमरका उत्कृष्ट नाटकहरू’ (अनुवाद) र ‘गोनु झाका कथाहरू’ लगायत थुप्रै कृतिहरू प्रकाशित भइसकेका छन् ।

 


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत