पत्रकार परिचयपत्र देखाउँदै लागुऔषध कारोबार गर्ने तीन जना पक्राउ

Thursday August 6, 2026

पढ्न लाग्ने समय :


पत्रकारको परिचयपत्र बोकेर लागुऔषध कारोबार हुने गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको छ। लागूऔषध नियन्त्रण ब्युरोले पत्रकारको परिचयपत्र देखाउँदै लागुऔषध ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको जनाएको छ।

ब्युरोको शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले बुधबार सिन्धुलीको दुधौली नगरपालिका–९ बाट बा.१६ च ७८४६ नम्बरको कारसहित तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर गाउँपालिका निवासी २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० निवासी ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ निवासी २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।

प्रहरीका अनुसार उनीहरू सिरहाको मिर्चैयाबाट कारमा खैरो हेरोइन लिएर काठमाडौंतर्फ आउँदै थिए। कार चालक उमेश यादवको साथबाट लहान–२२, सिरहा ठेगाना उल्लेख भएको जनजागरण खबर को पत्रकार परिचयपत्र बरामद भएको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले जानकारी दिएका छन्।

प्रहरीले आरोपीहरूले कारको गियर बक्समा लुकाएर ल्याएको अवस्थामा ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। साथै, उक्त कार हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरिएको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुलीले थप अनुसन्धान गरिरहेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।