नेपाल संस्कृति र सभ्यताको देश होः प्रधानमन्त्री ओली

Saturday December 28, 2024

पढ्न लाग्ने समय :


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कला र संस्कृतिको ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । शनिवार काठमाडौंमा नेकपा एमाले काठमाडौं महानगर कमिटीको तुच्चा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालका मन्दिर शैलीहरुको महत्व पनि फरक फरक रहेको र महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले हजाराँै वर्षअघिका कला, संस्कृति र सभ्यता नेपालको पहिचान भएको बताउनु भयो । उहाँले नेपाल संस्कृति, सभ्यताको देश भएको बताउनु भयो । उहाँले नेपालका गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रा चाडहरु, हाम्रा संस्कृतिहरु अत्यन्त महत्वपूर्ण रहेका छन् । नेपालको कला, नेपालको संस्कृतिको अत्यन्तै ऐतिहासिक महत्व छ । हाम्रा मन्दिरहरु, मन्दिरका शैलीहरु, विभिन्न प्रकारका शैलीहरुको आफ्नै महत्व छ । आफ्नै इतिहास छ । हजारौँ वर्ष अघिदेखि हाम्रा कलाहरु स्थापित र प्रचलित छन् । विभिन्न देशबाट कला सिक्न मानिसहरु आउने गरेका छन् । यो कलाहरुको देश हो । संस्कृतिको देश हो । यो सभ्यताको देश हो । यहाँ गीत, संगीत, वाद्यवादन, नृत्य कला आफनै ढंगले विकास भएका छन्, समृद्ध ढंगले विकास भएका छन् । वाद्यवादन धुन आफ्नै मौलिकताका छन् ।’

प्रधानमन्त्री ओलीले संस्कृति, चाड र परम्परालाई जीवित राख्नुपर्ने बताउनु भयो ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि