नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पु¥याउने काम गर्छुः पूर्णबहादुर नेपाली

Sunday December 29, 2024

पढ्न लाग्ने समय :


श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीले आफू राजदुत बनेसँगै नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पु¥याउने गरी जिम्मेवारीपूर्वक काम गर्ने बताउनुभएको छ । आईतवार सिंहदरबारमा बसेको समिति बैठकमा आफ्ना कार्ययोजना प्रश्ततु गर्दै नेपालीले यस्तो बताउनुभएको हो । बैठकमा संसदीय सुनुवाइको क्रममा प्रश्तावित राजदुत नेपालीले विश्व समुदायमा नेपालको  प्रतिष्ठा तथा गौरवमय छवि रहेको बताउँदै आफू जिम्मेवार भएर राष्ट्रको हित हुने काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपाल र श्रीलंकाबीचको  कुटनीतिक सम्बन्धलाई थप उचाईमा पु¥याउँदै आर्थिक समृद्धिको ढोका खोल्न लागिपर्ने बताउनु भयो । उहाँले नेपालको संविधान परराष्ट्र नीतिलाई पूर्ण रुपमा पालना गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘विश्व समुदायमा नेपालको मान, सम्मान र प्रतिष्ठा तथा गौरवमय छवि जुन बनाउँदै आइरहेको छ त्यसप्रति म जिम्मेवार भएर राष्ट्रको हितका निम्ति काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाल र श्रीलंकाबीचको लामो कुटनीतिक सम्बन्ध बिस्तार, सम्मान र सहयोगलाई निरन्तरता दिनेछौं । असंलग्नको सम्बन्ध, क्षेत्रीय फोरमहरुमा समेत कुटनीति बलियो हुने अवधारणाहरु राख्न उपयुक्त ठानेको छु । बिमस्टेक र सार्कको सम्बन्धमा दुवै देशहरुले प्राप्त गरेका जुन उपलब्धीहरु छन् ति उपलब्धीहरु म आफ्नो मार्गदर्शनको रुपमा लिएर अघि बढ्नेछु । नेपालको संविधान २०७२, नेपालको परराष्ट्र नीति, २०७७ र सन्तुलित तथा पारस्परिक सम्बन्धका कुराहरुलाई महत्वपुर्ण रुपमा अवलम्वन गर्ने प्रयास गर्नेछु । विश्व शान्ती अभियानमा नेपाल सधैं पक्षधर थियो । यो भविष्यमा पनि रहने नै छ ।’
उहाँले बौद्ध दर्शनको बिस्तारका लगि आफू लागिपर्ने बताउनु भयो । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रहेको उल्लेख गर्दै प्रचुर अवसर र सम्भावना रहेको बताउनु भयो । उहाँले आफू लुम्बिनीलाई ध्यान तथा मेडिटेसनको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले नेपालको पर्यटन प्रवद्र्धनका लागि बुद्धका योगदानहरुबारे जानकारी गराउँदै सुझबुझका साथ काम गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल र श्रीलंका दुवै सानो देशहरु हो । विभिन्न फोरमहरुमा समान अवधारणा राख्दै आइरहेको छ । लुम्बिनी पनि गौतम बुद्धको जन्मस्थल भएको र जसको कारणले गर्दाखेरि पर्यटनको सम्भावना देखिन्छ । यसलाई सांस्कृतिक र पिपुलको इन्टरफेसमा एक मौलिक डिप्लोमेसीका सम्भावनाहरु देखिन्छन् । यो हाम्रा अवसर र सम्भावना दुवै हो । पछिल्लो समय मानसिक समस्या भएको र वातावरण प्रदुषण भएको हिसावले ध्यान केन्द्र, मेडिटेसनको केन्द्र, विभिन्न अध्ययनका हिसाबमा स्प्रिच्युलिटीका रुपमा निर्माण गर्नसक्ने अवसरहरु छन् । धार्मिक हिसावले केही चुनौतिहरु पनि छन् । बुद्ध धर्म र हिन्दुमा त्यति तात्विक भिन्नता नदेखिँदो रहेछ । तर श्रीलंकमा यो एक विभेदजस्तै छ । यसलाई सुझबुझका साथ काम गर्नुपर्ने देखिन्छ । अब पर्यटनका सम्बन्धमा बुद्धका विभिन्न योगदानहरुबारे जानकारी गराउन समस्या देखिन्छ । तर भिसाका सम्बन्धमा राज्यले निर्णय गरेपनि त्यसको कार्यान्वयनको सम्बन्धमा ढिलाई भइरहेको नै छ ।‘

नेपालीको नाम गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुतमा समेत अनुमोदन भएको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि