नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट च्याम्पियन

Saturday December 21, 2024

पढ्न लाग्ने समय :


ओपनरद्वय लाहिरु मिलन्था र आसिफ शेख चम्कँदा जनकपुर बोल्ट्सले शनिवार नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि उचालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि उचालेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा भेट्टायो । यससँगै जनकपुरले यसअघि दुई भेटमा व्यहोरेको हारको बदला पनि लियो । च्याम्पियन जनकपुरले एक करोड १० लाख र उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त ग¥यो । लिगमा र पहिलो क्वालिफायरमा सुदूरपश्चिमले सहजै हराएको थियो । फाइनलमा भने जनकपुर हाबी भयो र उपाधि नै उचाल्यो । शुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै ओपनरद्वय मिलन्था र शेखले सुदूपश्चिमका बलरमाथि दबाब बनायो ।

यी दुईबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भयो । पावर प्लेमा नै जनकपुरले ७१ रन जोड्यो । तर, ६.६ ओभरमा स्पिनर सैब जैबले आसिफलाई ३३ रनमा आउट गर्दै साझेदारी तोडे । आसिफले १९ बलमा चार चौका र दुई छक्का हिर्काए । अर्का ओपनर मिलन्थाले आक्रामक ब्याटिङ जारी राखे । तर ईशान पाण्डेले मोहम्मद मोहसिनलाई ९ रनमै बोल्ड गर्दै दबाब बनाउने प्रयास गरे । त्यसपछि आएका हर्ष ठाकरले पनि आक्रामक ब्याटिङ गर्दै मिलन्थालाई साथ दिए । तेस्रो विकेटका लागि यी दुईबीच ६१ रनको साझेदारी भयो । १५.३ ओभरमा स्कट कुग्गेलिनले मिलन्थालाई ८७ रनमा कट एन्ड बोल्ड गरे ।
मिलन्थाले ४९ बलमा ९ चौका र चार छक्का हिर्काए । तेस्रो विकेट पतन भए पनि जनकपुर जितनजिक थियो । सात विकेट हातमा हुँदा जनकपुरलाई २७ बलमा १९ रन आवश्यक थियो । तर, सुदूरपश्चिमले थप दुई विकेट लिँदै कसिलो बलिङ गरे पनि जनकपुरले चार बलअगावै जित सुरक्षित ग¥यो । यस क्रममा सुदूरपश्चिका कप्तान दीपेन्द्रसिंह ऐरीले जिमी निसामलाई ४ रनमा बोल्ड गरे । आकाश त्रिपाठी २ रनमा रनआउट भए । तर, ठाकर ३० रनमा र मायन यादव २ रनमा अविजित रहे ।
ठाकरले २४ बलमा दुई छक्का हिर्काए । सुदूरपश्चिमले अतिरिक्त १८ रन पनि दियो । सैब, ईशान, स्कट र दीपेन्द्रले समान एक विकेट लिए । सैबले तीन ओभरमा १४ रन मात्र दिए । अन्य बलर भने महँगा साबित भए । राम्रो ब्याटिङ गरे पनि बलिङमा साथ नपाउँदा सुदूरपश्चिम उपाधिविमूख रह्यो । त्यसअघि टस जितेर ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय सही साबित भयो । निर्धारित ओभरमा ९ विकेट गुमाउँदै सुदूरपश्चिमले १८४ रनको योगफल बनायो । ओपनरद्वय विनोद र सैब चम्कँदा सुदूरपश्चिमले विशाल योगफल बनाएको हो । पहिलो विकेटका लागि यी दुईले ११७ रनको साझेदारी गरे ।
विनोद र सैब ब्याटिङ गरिरहँदा सुदूरपश्चिम दुई सय रनको आँकडातर्पm अग्रसर थियो । सुदूरपश्चिमले पावर प्लेमा पनि ४८ रन जोड्यो । त्यसपछि पनि ओपनरद्वयले आक्रामक ब्याटिङ जारी राखे । सुदूरपश्चिमले १०.१ ओभरमा १०० रन पार ग¥यो । १२औं ओभरमा किशोर महतोले साझेदारी तोड्दै ठूलो सफलता दिलाए । किशोरले सैबलाई ६९ रनमा ललित राजवंशीद्वारा क्याच गराए । यससँगै सुदूरपश्चिम ११.६ ओभरमा ११७÷१ को अवस्थामा पुग्यो । तर, थप रन नजोड्दै अर्का ओपनर विनोद पनि आउट भए । अर्को ओभरमा ललितले विनोदलाई ४१ रनमा बोल्ड गरे । सैबले ४३ बलमा ८ चौका र दुई छक्का हिर्काए । विनोदले ३१ बल खेल्दै एक चौका र तीन छक्का प्रहार गरे ।

दुई विकेटसँगै सुदूरपश्चिमको रन गतिमा अंकुश लाग्यो । बाँकी ७.४ ओभरमा सुदूरपश्चिमले सात विकेट गुमाउँदा ६७ रन जोड्यो । यस क्रममा सुदूरपश्चिमका ब्याटरबाट ६ बाउन्ड्री मात्र निस्कियो । हरमित सिंह र ब्रेन्डन म्याकमुलन समान १४ तथा स्कट १३ रनमै आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा सुदूरपश्चिम दुई सय रनको आँकडानजिक नै पुग्न असफल भयो । जनकपुरको बलिङमा किशोर र मोहसिनले समान तीन तथा निसम र ललितको नाममा समान एक विकेट रह्यो । ललित मात्र किफायती बने । उनले चार ओभरमा एक मेडनसहित १५ रन मात्र दिए । ललितसँगै हर्ष ठाकरले पावर प्लेमा समान एक मेडन राखेका हुन् ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि