नेपाली महिला क्रिकेट टिमले जित्यो चार देशको टी-२० सिरिजको उपाधि

Saturday August 26, 2023

पढ्न लाग्ने समय :


काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियामा जारी चार देशको टी-२० सिरिजको उपाधि जितेको छ । आज सम्पन्न फाइनल खेलमा नेपालले हङकङलाई डक वर्थ लुइस नियम अनुसार १३ रनले पराजित गरेको हो ।

हङकङले दिएको १०२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५.३ ओभरमा एक विकेट गुमाएर ३७ रन बनाएपछि खेल बर्षाले प्रभावित भएको थियो । त्यसपछि खेल अगाडी बढ्न नसक्ने भएपछि डक वर्थ लुइस नियम अनुसार नेपाल १३ रनले विजयी भएको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाउदै १०१ रन बनाएको थियो ।

चार देशको सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ खेलेका थिए । यस सिरिजमा आयोजक मलेसिया तेस्रो भएको छ भने कुवेत चौथो भएको छ ।

यसपछि नेपालले मलेसियामा नै हुने विश्वकपको एशिया कप छनौट खेल अगस्त २८ देखि सेप्टेम्बर ६ सम्म खेल्ने तालिका रहेको छ ।

एशिया छनौटमा १२ देशले भाग लिदै छन् । जसमा नेपाल समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन् ।

दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनौट हुने छन् ।

नेपाली टोलीः

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी,, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य, खुशी डंगोल ।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका