नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छः अध्यक्ष भट्टराई

Thursday December 5, 2024

पढ्न लाग्ने समय :


नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भिर समस्या भोगिरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरुको समाधान गर्न प्रविधि र विषय विज्ञहरुको अधिकतम प्रयोग गर्नुपर्ने बताउनु भयो । उहाँले आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रुपमा नभई अभियानको रुपमा अंगाल्नुपर्ने बताउनु भयो । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकुल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष भट्टराईले भन्नुभयो, ‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ । यो पेसा सामान्य जीवनयापनको पेशा मात्र नभएर समग्र सभ्यतालाई अभिवृद्धि गर्ने महान अभियान र कर्म पनि हो । तर दुःखका साथ भन्नुपर्छ हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिव देशले ब्रेन डे«न अर्थात बौद्धिक पलायनको गम्भिर समस्याहरु भोग्नु परिरहेको अवस्था छ । त्यसअर्थमा आर्किटेक्टहरु प्लानरहरुको अगामी दिनमा हाम्रो जस्तो विकासशील र विकासोन्मुख देशले र पर्यावरणीय हिसावले पनि पहाड, हिमाल र तराई भएको विविधतायुक्त देशमा अगामी दिनमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरुलाई, प्रविधिहरुले ल्याएका चुनौतिहरुको समेत सामना गर्नुपर्ने कुरामा आर्किटेक्ट जस्तो पेशालाई समयानुकल सदुपयोग गरेर आफ्नै देशमा त्यो जनशक्तिलाई परिचालन गर्दै जानुपर्दछ । नेपाल राज्य आफैँ नै पूर्वी र पश्चिमी सभ्यताको बीचमा रहेको छ । संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरु यहाँ छन् ।’

अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरु रहेको बताउनु भयो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।