नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम धनगढीमा सुरु

Wednesday April 29, 2026

पढ्न लाग्ने समय :


धनगढीः नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको सुरुवात गरेको छ।
ई–वेस्ट प्रोसेसर ट्रेनिङ अन लोकल सोसियल पार्टनरसिप अन्तर्गत सुरु गरिएको यस दुई महिने कार्यक्रमको धनगढीले आइतबार एक समारोहका बिच ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले समुद्घाटन गरे। धनगढी उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा सञ्चालित यस तालिमको कार्यान्वयन टिकापुर बहुप्राविधिक शिक्षालयले गरिरहेको छ।
यस महत्त्वपूर्ण शैक्षिक तथा प्राविधिक कार्यक्रमलाई काठमाडौँ विश्वविद्यालयले प्राविधिक सहयोग र ब्रिटिस काउन्सिलले आर्थिक सहयोग पु¥याएका छन्। तालिममा नगरका फोहोर व्यवस्थापन कर्मचारी र स्थानीय विद्युतीय व्यवसायी गरी कुल २० जना सहभागी रहेका छन्।a
तालिमको पाठ्यक्रम र सिकाउने विधिका बारेमा जानकारी दिँदै सिटिटिइभिटी टिकापुरका पारस खड्काले यसलाई पूर्णतः व्यवहारिक बनाइएको बताए। दुई महिनाको अवधिमा प्रशिक्षार्थीहरूले विद्युतीय तथा इलेक्ट्रोनिक उपकरणहरूलाई वातावरणीय र सुरक्षाका मापदण्ड अनुरूप कसरी सुरक्षित व्यवस्थापन गर्ने भन्ने बारेमा विस्तृत ज्ञान पाउनेछन्।


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका