नेपालकाे विश्वकपमा १२ वर्षपछि पहिलो जित

Wednesday February 18, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकप क्रिकेटमा मंगलवार स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेको छ। दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि ५० रनभन्दा माथिको स्कोर बनाएपछि नेपालले १ सय ७१ रनको लक्ष्य मुम्बईको वानखडे रंगशालामा ४ बल अगाडि नै पूरा गर्‍यो।

नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो खेल जितेको हो। तेस्रो विश्वकप खेल्दै गरेको नेपालको विश्वकपमा कुल तेस्रो जित पनि हो।

२०१४ मा बंगलादेशको चित्तागोङमा अफगानिस्तानलाई पराजित गरेयता नेपालले विश्वकपमा एउटै खेल जित्न सकेको थिएन। सोक्रममा ६ खेलमा हार बेहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो।

यसै विश्वकपमा पनि नेपाललाई इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजले पराजित गरेको थियो। यी तीन खेल हारेर नेपाल यसअघि नै दोस्रो चरणको दौडबाट बाहिरिसकेको थियो ।

दीपेन्द्रले २३ बलमा अर्धशतक ५० रन बनाए । सोक्रममा उनले ४ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्र र गुलशन झाले चौथो विकेटमा ३६ बलमा ७३ रनको साझेदारी गरे । गुलशनले १७ बल खेली १ चौका र २ छक्कासहित २४ रन बनाए।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत