निर्वाचन आयोग र टिकटकबीर्च सम्झौता

Wednesday February 4, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोग र सामाजिक सञ्जाल टिकटकबीच सहकार्यको सम्झौता भएको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता प्रवर्धनका लागि निर्वाचन आयोग र टिकटकबीच समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको हो।

सम्झौता पत्रमा आयोगका तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेर्दोस अल मत्ताकिनले समझदारी पत्रमा हस्ताक्षार गरे।

टिकटकले नेपालमा पवित्र सोचका साथ नि:शुल्क निर्वाचन सफल बनाउने कामहरू गर्न लाग्नु आफैंमा महत्त्वपूर्ण कुरा भएको कार्यबाहक आयुक्त रामप्रसाद भण्डारीले बता । ‘विश्वको नजर अहिले हाम्रो निर्वाचन आयोग र निर्वाचनसँग छ। अब नेपालको निर्वाचनलाई टिकटकमार्फत हामी यसरी सहयोग गर्छौं भनेर जुन प्रतिबद्धता जनाउनु भयो, यो धेरै महत्त्वपूर्ण छ,’ उनले भने।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका