नाइजेरियाली सेनाद्वारा ११ महिनामा ८ हजार ३४ आतंककारीको हत्या

Saturday December 7, 2024

पढ्न लाग्ने समय :


विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा संदिग्ध आतंकवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् । सैन्य प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा जनवरीदेखि डिसेम्बरको शुरुसम्म ११ हजार ६२३ संदिग्धलाई देशभरबाट पक्राउ गरिएको बताउनु भयो । बुबाले यस अवधिमा सेनाको अपरेशन थिएटरहरूमा ६ हजार ३७६ भन्दा बढी बन्धुकहरूलाई उद्धार गरिएको बताउनु भयो ।

वर्षको शुरुदेखि नै देशभरका पाँच सक्रिय अपरेशन थिएटरहरूमा सेनाले विभिन्न खतराहरूको सामना गरेको उल्लेख गर्नुभयो । सेनाले यस अवधिमा संदिग्ध बन्दुकधारीहरूबाट लगभग ८ हजार २१६ हतियार र कुल २ लाख ११ हजार ४५९ गोला बारुद पनि बरामद गरेको छ । प्रवक्ताकाअनुसार सेनाले यस वर्ष अहिलेसम्म उच्च स्तरको शतर्कता अपनाएको छ । देशलाई थप आतंकवादी आक्रमण र असुरक्षाबाट जोगाउनको लागि तयारीको अवस्था बढाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।