नाइजेरियाली सेनाद्वारा ११ महिनामा ८ हजार ३४ आतंककारीको हत्या

Saturday December 7, 2024

पढ्न लाग्ने समय :


विगत ११ महिनामा नाइजेरियाली सशस्त्र बलद्वारा संदिग्ध आतंकवादी र डाकुहरूसहित कुल ८ हजार ३४ बन्दुकधारी मारिएका छन् । सैन्य प्रवक्ता एडवर्ड बुबाले नाइजेरियाको राजधानी अबुजामा जनवरीदेखि डिसेम्बरको शुरुसम्म ११ हजार ६२३ संदिग्धलाई देशभरबाट पक्राउ गरिएको बताउनु भयो । बुबाले यस अवधिमा सेनाको अपरेशन थिएटरहरूमा ६ हजार ३७६ भन्दा बढी बन्धुकहरूलाई उद्धार गरिएको बताउनु भयो ।

वर्षको शुरुदेखि नै देशभरका पाँच सक्रिय अपरेशन थिएटरहरूमा सेनाले विभिन्न खतराहरूको सामना गरेको उल्लेख गर्नुभयो । सेनाले यस अवधिमा संदिग्ध बन्दुकधारीहरूबाट लगभग ८ हजार २१६ हतियार र कुल २ लाख ११ हजार ४५९ गोला बारुद पनि बरामद गरेको छ । प्रवक्ताकाअनुसार सेनाले यस वर्ष अहिलेसम्म उच्च स्तरको शतर्कता अपनाएको छ । देशलाई थप आतंकवादी आक्रमण र असुरक्षाबाट जोगाउनको लागि तयारीको अवस्था बढाएको छ ।


भर्खर

रुकुमपश्चिम जीप दुर्घटना : मृतक ८ जनाको पहिचान खुल्या

न्युज नेपाल समाचार रुकुमपश्चिममा भएको जीप दुर्घटनामा ज्यान गुमाउने र घाइतेहरुको सनाखत भएको छ ।

कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ

न्युज नेपाल समाचार कैलालीबाट खैरो हेरोइनसहित डडेल्धुराका एक युवक पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–२

छठ पर्व आजदेखि विधिवत रूपमा सुरु

न्युज नेपाल समाचार सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि