नवजीवनको अध्यक्षमा घन बहादुर शाहले गरे प्यानलसहित उम्मेदवारी घोषणा

Wednesday May 13, 2026

पढ्न लाग्ने समय :


धनगढी : नवजीवन सहकारीको अध्यक्षमा घनबहादुर शाहले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्। “हाम्रो समृद्धि, हाम्रो एकताबाट सम्भव छ” भन्ने नारासहित उनले सार्वजनिक गरिएको प्यानलमा विभिन्न क्षेत्रका अनुभवी व्यक्तिहरू समावेश छन् ।

प्यानलबाट अध्यक्ष पदमा घन बहादुर शाह उम्मेदवार रहेका छन् भने उपाध्यक्ष पदमा ईश्वर प्रसाद जोशी उम्मेदवार बनेका छन् । त्यस्तै सदस्य पदका लागि दिर्घ बहादुर शाह, धनन्जय भट्ट, पवित्रा धिक्त (पाण्डयो), लक्ष्मी नारायण चौधरी, विक्रम विश्वकर्मा, विश्वनाथ ओझा तथा शिव कुमार जोशी (फुलारा) चुनावी मैदानमा रहेका छन् ।

उनीहरुको सहकारी, बैङ्किङ, कृषि, शिक्षा, सामाजिक सेवा तथा विभिन्न संघसंस्थामा लामो अनुभव रहेको उल्लेख गरिएको छ । प्यानलले सहकारी संस्थालाई पारदर्शी, सदस्यमुखी र दिगो विकासको लक्ष्यअनुसार अघि बढाउने प्रतिबद्धता जनाएको छ । “दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने सन्देशसमेत समेटिएको छ । धनगढीमा बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै शाहले सहकारी सुधारका लागि अध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

 


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश