नक्कली शरणार्थी प्रकरण अनुसन्धानको नेतृत्व गर्ने दुई एसएसपीको सरुवा

Monday August 21, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न दुई प्रहरी अधिकृतको सरुवा भएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीको सरुवा भएको हो ।

उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितलाई पक्राउ गरी अनुसन्धानको नेतृत्व गरेका थिए । कार्कीको स्थानमा एसएसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ भने अपराध अनुसन्धानमा एसएसपी सामेन्द्रसिंह राठौर आएका छन् ।

यसअघि सरकारले शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि सरुवा गरिसकेको छ ।


भर्खर

गगन थापालाई मुख्यमन्त्री शाहको प्रश्न : शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ?

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले ले नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद, प्रदेश

सुदूरपश्चिममा सडक सुरक्षा सुधारलाई तीव्रता दिन कार्यशाला

धनगढी : सुदूरपश्चिम प्रदेशमा बढ्दो सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय

सुदूरपश्चिममा काँग्रेस र एमालेको गठबन्धन नटुट्ने

धनगढी : नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तन नहुने बताएको छ। काँग्रेस नेतृत्वको प्रदेश सरकारको