नक्कली शरणार्थी प्रकरण अनुसन्धानको नेतृत्व गर्ने दुई एसएसपीको सरुवा

Monday August 21, 2023

पढ्न लाग्ने समय :


काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संलग्न दुई प्रहरी अधिकृतको सरुवा भएको छ । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्की र उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीको सरुवा भएको हो ।

उनीहरुले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितलाई पक्राउ गरी अनुसन्धानको नेतृत्व गरेका थिए । कार्कीको स्थानमा एसएसपी भूपेन्द्र खत्रीलाई ल्याइएको छ भने अपराध अनुसन्धानमा एसएसपी सामेन्द्रसिंह राठौर आएका छन् ।

यसअघि सरकारले शरणार्थी प्रकरणमा दोस्रो चरणको अनुसन्धान अघि बढाउन निर्देशन दिने उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एआईजी श्याम ज्ञवालीलाई पनि सरुवा गरिसकेको छ ।


भर्खर

वसन्तपुरमा होलीको रौनक

विहिबार देशभर होली पर्व मनाइएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली

होली मनाउन शुरु भएसँगै काठमाडौंमा चेकजाँचमा कडाई

होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ । काठमाडौं उपत्यकामा आज

गैरआवासीय नेपाली संघको विशेष र नियमित अधिवेशन एकसाथ हुने

भर्चुवल माध्यमबाट भएको वृहत छलफलमा सर्वोच्च अदालतले दिएको आदेश र मन्त्रालयको निर्देशनअनुसार आगामी मे महिनाको