धनगढी आउदै गरेको बस बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटना

Monday May 11, 2026

पढ्न लाग्ने समय :


धनगढी : काठमाडौँबाट धनगढी आउदै गरेको बस बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटनामा परेको छ ।
सोमबार दिउँसो काठमाडौँबाट धनगढी आइरहेको खप्तड बडीमालिका यातायातको ना ८ ख १९४९ नम्बरको बस निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर चालकसहित १८ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय चिसापानीकी प्रमुख प्रहरी निरीक्षक मिरा खड्काले चालकसहित १८ जना घाइते भएको पुष्टि गरिन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
गम्भीर घाइते भएका दुवै जनालाई लालरत्न अस्पताल लम्कीले थप उपचारका लागि नेपालगञ्ज रेफर गरेको छ ।
१६ जनाको लालरत्नमै उपचार भइरहेको छ । बसमा के कति यात्रु सवार थिए भन्ने कुरा यकिन भएको छैन । दुर्घटनाग्रस्त बस बीच सडकमै पल्टिएका कारण सडक सवारीसाधनको आवागमन बन्द भएको छ । बसलाई हटाउने प्रयास भइरहेको छ भने दुर्घटनाको कारण खुल्न नखुलेको प्रहरीले जनाएको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।