धनगढीे हाफ म्याराथनः सेनाका धावक रावत प्रथम

Friday May 1, 2026

पढ्न लाग्ने समय :


धनगढीः जेसीआई धनगढीले आयोजना गरेको धनगढी हाफ म्याराथन कार्यक्रम सम्पन्न भएको छ। २१.१ किलोमिटर हाफ म्याराथनतर्फ नेपाली सेनाका धावक नरेन्द्र सिंह रावत प्रथम भएका छन्। ‘अब धनगढी दौडिन्छ’ नारासहित आज भएको हाफ म्याराथनको निर्धारित २१ दशमलव १ किलोमिटर दूरी पूरा गर्दै उनी विजेता बनेका हुन् ।
उनले उपाधिसँगै ७७ हजार ७७७ पुरस्कारसमेत प्राप्त गरे । रावत २०७९ सालदेखि धनगढी हाफ म्याराथनमा सहभागी हुँदै आएका थिए । २०७९ र २०८० सालमा दोस्रो भएका उनी २०८१ र २०८२ मा भने तेस्रो भएका हुन् ।
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा सेनाकै सञ्जय श्रेष्ठ दोस्रो र सेनाकै अक्कल पाल तेस्रो भएका छन् । दोस्रो भएका श्रेष्ठले ५५ हजार ५५५ र तेस्रो भएका पालले ४४ हजार ४४४ रुपैयाँ प्राप्त गरेका छन् ।
त्यसैगरी ५ किलोमिटर कर्पोरेटतर्फ कुशल प्रसाद जैसी प्रथम, प्रदीप खत्री दोस्रो र तेज बहादुर चन्द तेस्रो भए भने ५ किलोमिटर महिलातर्फ देवकी कुमारी धामी प्रथम, सिला चौधरी दोस्रो र अप्सरा बम तेस्रो स्थानमा रहे।
लक्की ड्रमार्फत जेनीथ कुँवरले सीजी एलइडी टिभी जितेकी छन् भने निसर्ग अस्पतालले सन्तोष पाल, आशा जोशी र डल्लु राना मगरलाई निःशुल्क होल बडी चेकअप सेवा प्रदान गर्ने घोषणा गरेको छ।
जेसीआई धनगढीका अध्यक्ष महेश्वर ओझाले यस्ता कार्यक्रमहरूले युवालाई सकारात्मक दिशातर्फ प्रेरित गर्नुका साथै खेलकुदमार्फत महत्वपूर्ण सामाजिक सन्देश प्रवाह गर्ने बताएका छन्।
कार्यक्रमसँगै विभिन्न स्टल सञ्चालन गरिनुका साथै रक्तदान शिविर पनि आयोजना गरिएको थियो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कार्यक्रमको उद्घाटन गरेका थिए भने समापन समारोहका प्रमुख अतिथि जेसीआई नेपालका राष्ट्रिय अध्यक्ष जीवन कार्की रहेका थिए। यस अवसरमा म्याराथनका ‘फेस अफ द इभेन्ट’ दीपक उपाध्यायलाई सम्मान पनि गरिएको थियो।


भर्खर

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका

‘रानीसैन विवाद वन्यजन्तु र जडिबुटी तस्करीसँग जोडिएको छ’

धनगढीः बाजुरा र हुम्लाको रानीसैन क्षेत्रको सीमा विवादको विषयलाई लिएर डिभिजन वन कार्यालय बाजुराका प्रमुख