धनगढीमा श्रीमतीकाे हत्या गरेर भागेका जाेशी बाँकेबाट पक्राउ

Sunday March 8, 2026

पढ्न लाग्ने समय :


धनगढी :  धनगढीमा श्रीमतीकाे हत्या गरेर भागेका डम्मरराज जाेशीलाई पक्राउ गरिएको छ।

जाेशीलाई बाँकेकाे  राप्तीसाेनारी गाउँपालिकाकाे शमशेरगञ्जबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय, कैलालीले बताएकाे छ। बाँके प्रहरीकाे सहयाेगमा जाेशीलाई पक्राउ गरिएको हाे। उनले धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा गएराति अन्दाजी ३० वर्षीय श्रीमती सरस्वती अवस्थी जाेशीकाे हत्या गरेका थिए। उनी हत्या लगत्तै फरार भएका थिए।

जाेशीले श्रीमतीकाे टाउकाेमा धारिलाे हतियार प्रहार गरि हत्या गरेकाे पाइएकाे छ। उनकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।