धनगढीमा रवि र बालेनले आज सम्बाेधन गर्ने

Wednesday February 18, 2026

पढ्न लाग्ने समय :


धनगढीः राष्ट्रिय स्वतन्त्र पार्टीले आज धनगढीमा परिवर्तन उद्घोष सभा गर्ने भएको छ। धनगढीमा दुई घण्टाको आमसभा गर्ने तालिका छ।

धनगढीमा हुने  रास्वपाको ‘परिवर्तन उद्घोष सभा’ बिहान ११ बजे सुरू भएर दिउँसो १ बजे समापन हुने तालिका सार्वजनिक भएको हाे। सभामा काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम तालिकामा उल्लेख गरिएको छ।

सार्वजनिक गरिएको एकीकृत कार्यक्रम तालिका अनुसार कार्यक्रम बिहान ११ बजे सुरु हुनेछ।

प्रारम्भमा राष्ट्रिय गान, शहीदप्रति श्रद्धाञ्जली तथा स्वागत मन्तव्य रहनेछ। त्यसपछि उम्मेदवारहरूको मन्तव्य, सांस्कृतिक प्रस्तुति र हाइप बिल्डअप कार्यक्रम समावेश गरिएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा दिउँसो १२:३० बजे बालेन शाहले १५ मिनेट विशेष सम्बोधन गर्ने तालिका छ भने १२:४५ बजे रवि लामिछानेले १५ मिनेट प्रमुख सम्बोधन गर्ने उल्लेख छ। कार्यक्रम १:०० बजे समापन तथा समूह तस्वीरसहित सम्पन्न गरिनेछ।

आयोजकका अनुसार कार्यक्रम अनौपचारिक तथा उच्च ऊर्जा शैलीमा सञ्चालन गरिनेछ। माघ ६ गते धनगढीमा कार्यक्रम हुने र त्यसपछि क्रमशः सुर्खेत, भैरहवा, पोखरा, चितवन र इटहरीमा समेत कार्यक्रम आयोजना गरिने जानकारी दिइएको छ।


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत