धनगढीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

Sunday May 17, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१४ प२६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक अछामको मेल्लेख गाउँपालिका–६ घर भएका ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुगाइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको तिमिल्सिनाले बताए । दुर्घटनापछि ट्याक्टर चालक र सहचालक फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 


भर्खर

धनगढीमा दुइ युवकमाथि समूहिक आक्रमण

धनगढी : कैलालीको धनगढीमा २ युवकमाथि समूहिक आक्रमण गरिएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित रोड

कैलालीमा एकैदिन ८ जना पक्राउ

धनगढीः कैलालीमा एकैदिन लागूऔषध र चरेशसहित ८ जना पक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट खैरो

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि निर्विरोध निर्वाचित

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत आज मतदान प्रक्रिया शुरू हुँदैछ