धनगढीमा गर्मी र अघोषित लोडसेडिङले जनजीवन अस्तव्यस्त

Thursday June 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीमा विद्युत् सेवा अनियमित हुँदा स्थानीय बासिन्दा निकै मर्कामा परेका छन्। एकातिर बढ्दो तापक्रम र अर्कोतिर अघोषित रूपमा पटक ९पटक विद्युत् काटिँदा सर्वसाधारणको दैनिकी कष्टकर बनेको हो।

धनगढीमा दिउँसो र राति दुवै समयमा बारम्बार बत्ती जाँदा घरभित्र बस्न समेत गाह्रो भएको छ। बत्ती जाँदा विद्यार्थीहरूलाई पढ्न र भान्छाको काम गर्न समस्या भएको छ। मजदुरी गरेर खाने वर्ग र बालबालिका यसबाट सबैभन्दा बढी प्रभावित भएको छ।

नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रले भने माग बढेको र भोल्टेजमा उतारचढाव आएका कारण प्राविधिक समस्या उत्पन्न भई बिधुत जाने–आउने भइरहेको जनाएको छ।

जल तथा मौसम पूर्वानुमान शाखाका अनुसार बिहीबार धनगढीको अधिकतम तापक्रम ३७ देखि ३९ डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ।

बढ्दो गर्मीमा लु लाग्ने र जलवियोजन हुने खतरा रहने भएकाले स्वास्थ्यमा ख्याल स्वास्थ्यकर्मी किसन बोहराले सुझाव दिएका छन्। उनले अत्यावश्यक काम बाहेक कडा घाममा बाहिर ननिस्किने, प्रशस्त मात्रामा पानी र झोलिलो पदार्थ पिउन सर्वसाधारणलाई सुझाव दिए।


भर्खर

धनगढीमा तातो हावाको लहर चल्ने

काठमाडौँ : असार ११ गते देशका विभिन्न सहरहरूमा मौसमको विविध रूप देखिने भएको छ। केही

कैलालीको घोडाघोडीमा १५ शय्याको नगर अस्पताल अलपत्र

धनगढी : कैलालीको घोडाघोडी नगरपालिकामा निर्माणाधीन १५ शय्याको आधारभूत नगर अस्पतालको काम अपूरै रहेको छ ।

पोखरीमा डुबेर बालकको मृत्यु

धनगढी : दार्चुलाको नौगाड गाउँपालिका–२ दल्लेखमा पानी पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। स्थानीय