धनगढीमा ‘कोरा’ सम्पन्न

Saturday July 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : ओम श्रीनगर स्पोर्ट्स क्लबको आयोजना तथा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को समन्वयमा आयोजित कोरा २६ धनगढी सम्पन्न भएको छ। प्रतिकूल वर्षाका बाबजुद धनगढीका युवा व्यवसायी हिमाल देशराज पाण्डेय, जीवन खड्का, भरत रावल, शिक्षक हरि भट्ट, बल्लभ दाहाललगायत सयौं साइक्लिस्टको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई भव्य बनाएको आयोजकले जनाएको छ।
स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरण संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण तथा साइकललाई दिगो र वातावरणमैत्री यातायातका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित राइडमा सहभागीहरूले करिब ६० किलोमिटर दूरी तय गरेका थिए।
राइड धनगढीबाट सुरु भई शहीदगेट, राजघाट, गेटा र भल्का हुँदै पुनः धनगढीमै पुगेर सम्पन्न भएको थियो। वर्षासँगै प्राकृतिक सौन्दर्यबीच गरिएको सामूहिक साइक्लिङले सहभागीहरूलाई उत्साहित बनाएको थियो।
कोरा नेपालले हरेक वर्ष सञ्चालन गर्दै आएको यो अभियानले नियमित साइकल प्रयोग, शारीरिक तन्दुरुस्ती, वातावरणीय जिम्मेवारी र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ। धनगढीमा सम्पन्न ‘कोरा २६’ ले पनि सबै उमेर समूहका नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन र वातावरण संरक्षणमा व्यक्तिगत योगदान पुर्‍याउन प्रेरित गरेको सहभागीहरूले बताएका छन्।
वर्षाका बीच पनि सहभागीहरूले उत्साहका साथ राइड पूरा गर्दै मित्रता, अनुशासन, सहकार्य र सामुदायिक एकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका थिए। कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने आयोजक, स्वयंसेवक, सुरक्षाकर्मी, सहयोगी संस्था तथा सम्पूर्ण सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।