धनगढीमा अनमी कुट्ने इन्चार्जमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

Tuesday April 7, 2026

पढ्न लाग्ने समय :


धनगढीः अनमीलाई कुटपिट गर्ने बैतडीको पुर्चौडी–७ स्थित कोटिला स्वास्थ्यचौकी इन्चार्ज सुमन लुहारमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। लुहारले आफ्नै कार्यालयमा कार्यरत अनमी माया भट्टलाई आइतबार धनगढी–१ स्थित अदालत रोडमा कुटपिट गरेका थिए।
कुटपिटबाट माया भट्टको टाउको र हातमा चोट लागेको छ। लुहारले इट्टाले आफूलाई प्रहार गरेको भट्टले बताइन्।
कुटपिट लगत्तै पक्राउ परेका लुहार अहिले कैलाली प्रहरीको हिरासतमा छन्। लुहार विरुद्ध पीडित भट्टले ज्यान मार्ने उद्योगमा मुर्दा गरेको कैलाली प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले दिनेशखबरलाई बताए।
“लुहार विरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता भएको छ। अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ,“ डिएसपी तिमिल्सिनाले बताए


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत