धनगढीबाट होटल सञ्चालकमाथि कुटपिट गर्ने युवक पक्राउ

Wednesday July 15, 2026

पढ्न लाग्ने समय :


धनगढी : कञ्चनपुरको महेन्द्रनगरमा गत जेठमा होटल सञ्चालकमाथि कुटपिट गरेर फरार भएका एक जना धनगढीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ का २६ वर्षीय गौरव चन्द रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली र लागूऔषध नियन्त्रण ब्युरो धनगढीको संयुक्त टोलीले गएराति चन्दसहितका तीन जनालाई लागूऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो । पक्राउ परेका चन्द गत जेठमा महेन्द्रनगरको होटल ग्रान्ड प्यासिफिकमा कुटपिटको घटनामा समेत संलग्न रहेको कञ्चनुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्ष टेकबहादुर रावतले चन्द कुटपिटको घटनापछि फरार अवस्थामा रहेको बताए । उनीसँगै कुटपिटमा संलग्न समूह फरार थियो । प्रहरीले उक्त घटनासँग सम्बन्धीत मुद्दा अदालत पेश गरिसकेको छ ।
गत ९ जेठमा राति युवाहरुको समूहले होटल प्यासिफिकभित्र प्रवेश गरेर सञ्चालकका भाइ गोविन्द चन्दमाथि कुटपिट गरेको थियो । कुटपिट गरेको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।