धनगढीबाट दार्चुला जाँदै गरेको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ जना घाइते

Saturday July 18, 2026

पढ्न लाग्ने समय :


धनगढी : डडेल्धुराको अमरगडी नगरपालिका- ७ खर्स्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

धनगढीबाट दार्चुला तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान भीमदत्त राजमार्ग अन्तरगत पर्ने खस्र्याखानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका -१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले बताए। उनका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका-१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल रहेका छन् । यसैगरी जिप चालक बैतडीको डिलासैनी गाउँपालिका(२ का अमृत घरेडी पनि घाइते छन् । घाइते तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

जिप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । दुर्घटनाक विषयमा थप अनुसन्धान भैरहेको छ ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।