धनगढीको मुख्य बजार क्षेत्रका लागि निःशुल्क पार्किङको व्यवस्था

Monday January 26, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढीको मुख्य बजार क्षेत्रका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ। धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा निःशुल्क पार्किङ बनाएको हो।

स्वास्थ्य र महिला शाखा कार्यालय अगाडी खाली जमीनमा उपमहानगरपालिकाले निःशुल्क पार्किङको व्यवस्था गरेको छ। राष्ट्र बैँक चोकदेखि एलएन चोक जाने बाटोमा पर्ने उक्त पार्किङमा मोटरसाइकल, स्कुटर, कार र जिप पार्किङको व्यवस्था गरिएको हो।

उक्त सडक खण्डमा सडकमै गरिने पार्किङले सडक साँघुरो भई अवरुद्ध हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ। उपमहानगरका प्रमुख गोपाल हमालले उक्त पार्किङ प्रयोग गर्न नगरवासीमा अनुरोध गरेका छन्।

यसअघि, उक्त जमीनमा निर्माण सामाग्री राखिदै आएकोमा उपमहानगरपालिकाले सफाइ र लेबलिङ गरेको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।