धनगढीको फूलबारीका किसानको गहुँबालीमा आगलागी

Saturday April 4, 2026

पढ्न लाग्ने समय :


धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारीस्थित बिगाउँमा आगलागी हुँदा एक स्थानीय कृषकको ठूलो क्षति भएको छ। स्थानीय डम्मरराज ओझाको खेतमा थ्रेसिङका लागि थुपारेर राखिएको करिब १० कट्ठा गहुँबालीमा आगलागी हुँदा सम्पूर्ण बाली जलेर नष्ट भएको हो।

स्थानीयका अनुसार बालबालिकाले खेल्ने क्रममा सलाई प्रयोग गर्दा आगो लागेको आशँका गरिएको छ। आगलागीपछि स्थानीय बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीका कारण ओझा परिवारले वर्षभरिका लागि तयारी गरेर राखेको गहुँबाली पूर्ण रूपमा नष्ट भएको छ। यससँगै परिवारमा खाद्य संकट निम्तिने चिन्ता बढेको स्थानीयले बताएका छन्।

घटनाबारे जानकारी दिँदै स्थानीय कामदेव ओझाले पीडित परिवारलाई राहत तथा सहयोग आवश्यक रहेको बताए।

 


भर्खर

बडीमालिकामा भदौ १ गतेदेखि मेला तथा पूजा, ४५ हजार भक्तजन आउने अनुमान

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका मन्दिरमा यस वर्ष भदौ १ गतेदेखि मेला तथा

देशभर मनसुनी वायुको प्रभाव, आज पनि भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून

प्रतिनिधिसभा बैठक आज, चार विधेयक प्रस्तुत हुने

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत