धनगढीका १० सामुदायिक विद्यालयलाई उपमहानगरको सम्मान

Tuesday April 14, 2026

पढ्न लाग्ने समय :


धनगढीः धनगढी उपमहानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नजिता हासिल गर्ने सामुदायिक विद्यालयलाई सम्मान गरेको छ। उपमहानगरपालिकाले शैक्षिकसत्र २०८२ मा आधारभूत तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल १० वटा सामुदायिक विद्यालयलाइ सम्मानित गरेको हो।

सोमवार आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापकलाई सम्मान गरिएको हो। नगर प्रमुख गोपाल हमालको उपस्थितिका उपप्रमुख कन्दकला कुमारी राना, प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट र उपसचिव नरेन्द्रबहादुर खातीले प्रधानाध्यापकहरूलाई दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका हुन्।

शैक्षिकसत्र २०८२ को कक्षा ८ को परीक्षामा ८७.५० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल धनगढी–१६ घसिटाको बेहडाबाबा माध्यमिक विद्यालय, ८६.३६ प्रतिशत नतिजा हासिल गरेको धनगढी–१२ को शारदा माध्यमिक विद्यालय, ८५.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको जुगेडाकै सिद्धनाथ माध्यमिक विद्यालय र ७८.४२ प्रतिशत विद्यार्थी सफल भएको फूलवारीको सर्वोदय माध्यमिक विद्यालय सम्मानित भएका हुन्।

यस्तै, सम्मानित हुनेमा फूलवारीको इन्द्रोदय आधारभूत विद्यालयको ७७.७८ प्रतिशत, धनगढी–५ हसनपुरको पञ्चोदय माध्यमिक विद्यालयको ७७.०६ प्रतिशत, बैयाबेहडीको शारदा माध्यमिक विद्यालयको ७३.३० प्रतिशत र फूलवारीको जनप्रिय आधारभूत विद्यालयको ७० प्रतिशत नतिजा आएको छ भने धनगढी–११ को ठेकराज माध्यमिक विद्यालय ६१.६४ प्रतिशत तथा फूलवारीको चन्द्रोदय माध्यमिक विद्यालयको ६० प्रतिशत विद्यार्थी सफल भएका छन्।

विगतका वर्षभन्दा यो पटक सामुदायिक विद्यालयको नतिजामा सुधार भएको भन्दै उपमहानगरपालिकाले विद्यालयहरूलाई सम्मान गरेको हो। १० वटा सामुदायिक र १५ निजीसहित २५ विद्यालय सम्मानित भएका हुन्। कक्षा ८ को परीक्षामा राम्रो नतिजा ल्याउने विद्यालयहरूलाई उपप्रमुख कन्दकला कुमारी रानाले बधाई दिएकी छन्। उनले गुणस्तरीय शिक्षाका लागि उपमहानगरपालिकाले गरेको प्रयाससँगै शिक्षक, विद्यार्थी र अभिभावकले गरेको मेहनत नतिजामा देखा परेको बताइन्।

उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयलाई नगर प्रमुख गोपाल हमालले शुभकामना दिँदै थप प्रगतिका लागि हौसला बढाउन सम्मान गरिएको बताए। उनले सामुदायिक र निजि विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्न दुबै किसिमका विद्यालयले प्रतिस्पर्धा गर्दै धनगढीलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन सकिने बताए।

 


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।