धनगढीका मेयर हमालसहित चार जनाले राष्ट्रिय सभाको निर्वाचनमा मतदान गरेनन्

Sunday January 25, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालसहति चार जनाले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गरेनन्।

सुदूरपश्चिममा दुई सिटका लागि भएको निर्वाचनमा नेपाली काँग्रेसका प्रदेशसभा सदस्य प्रकाश देउवा, राप्रपाका प्रदेशसभा सदस्य खेमा विष्ट, धनगढी उपमहानगरपालिकाका प्रमुख हमाल र जोशीपुर गाउँपालिकाकी उपाध्यक्ष रेखा कठरियाले मतदान नगरेका हुन्।

महिला समूह र अन्य समूह गरी दुई पदका लागि चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) बिच गठबन्धन रहेको थियो। नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। एमालेकी लीलाकुमारी भण्डारी र काँग्रेसका खम्मबहादुर खाती विजयी भएका हुन।

भण्डारीले तीन हजार नौ सय ८४ मतभार र खातीले तीन हजार नौ सय ६९ मतभार प्राप्त गरेर चुनाव जितेका छन। प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टका अनुसार महिला समूहबाट एमालेकी भण्डारीले विजयी भएकी हुन्। उनकी प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टीकी रोजी बस्नेतले एक हजार छ सय ७६ मतभार प्राप्त गरिन्।

यसैगरी, अन्य समूहबाट नेपाली कांग्रेसका खम्मबहादुर खाती तीन हजार ९ सय ६९ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले एक हजार ८ सय पाँच मत प्राप्त गरेका थिए।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको मतभार १९ निर्धारण गरिएको थियो।

कुल २ सय २४ मतदाता रहेकोमा ४९ प्रदेश सभा सदस्य र १७१ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष गरी २ सय २० जनाले मतदान गरेका थिए।

 


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार