धनगढीका नगर प्रमुख हमालको टोली अपी बेस क्याम प्रस्थान

Monday April 27, 2026

पढ्न लाग्ने समय :


धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको टोली अपी बेस क्याम प्रस्थान गरेको छ। सुदूरपश्चिमको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ टोली दार्चुलाको अपि हिमाल बेस क्याम्प यात्रामा निस्किएको हो।

‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौँ’ भन्ने नाराका साथ उपमहानगरपालिकाका नगरप्रमुख हमालको नेतृत्वमा ३० जनाको टोली सोमवार त्यसतर्फ प्रस्थान गरेको छ। सुदूरपश्चिमका पर्यटकीय स्थलहरूलाई देश–विदेशमा चिनाउने उद्देश्यले हमाल आफैँ यो यात्रामा सहभागी भएका हुन्। सोमवार धनगढीमा आयोजित एक कार्यक्रमका बीच बाजागाजा र फूलमालासहित टोलीलाई बिदाइ गरिएको थियो।

नगरप्रमुख हमालले यसअघि उद्योग वाणिज्य संघको नेतृत्वमा रहँदा पनि ‘सुन्दर सुदूरपश्चिम’ अभियान सुरु गरेका थिए। सोही अभियानको निरन्तरता स्वरूप अहिले स्थानीय सरकारको तर्फबाट हिमाल र पर्यटकीय क्षेत्रको प्रचारका लागि यो कदम चालिएको उनले बताए। १० दिनको कार्यतालिका सहित निस्किएको यो टोलीले अपि हिमालको आधार शिविरसम्मको पदयात्रा गर्नेछ। धनगढीबाट बसमा यात्रा सुरु गरेको टोलीले पैदल यात्रा गर्दै बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखेको छ।

 


भर्खर

हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय टोली गठन

धनगढीः हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय

सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रारको जिम्मेवारीमा बिष्ट

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी डा. गोविन्द सिंह बिष्टलाई प्रदान गरिएको छ। विश्वविद्यालयका

कैलालीको गुर्गी बाँधको स्थलगत अनुगमनमा पुगे मुख्यमन्त्री शाह

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गुर्गी र टेढी बाँधको स्थलगत अनुगमन गरेका