धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Friday July 10, 2026

पढ्न लाग्ने समय :


धनगढी :  चलचित्र भाडदौड आजदेखि प्रदर्शनमा आएको छ । यो चलचित्र देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको हाे । चलचित्रको मुख्य भूमिका धनगढी उपमहानगरपालिकाको शिवनगर घर भएका कलाकार घनश्याम जोशी तथा अर्काे मुख्य कलाकारमा विशाल पोखरेल छन् ।
धनगढीको एसटीएस सिनेमा हलमा पनि चलचित्र भाडदौड प्रदर्शन भइरहेको छ । यो सिनेमाले जीवनको भागदौडको कथा भन्छ । अर्थात आममानिसको जीवनको दौडधुपलाई चलचित्रको पर्दामा उतारिएको छ । जीवनको संघर्ष र यथार्थ बोकेको हास्यव्यङ्ग्य प्रधान चलचित्र भागदौडले सन्देशहरु पनि दिएको छ ।
कलाकार जोशीले यो चलचित्रमा दर्शकलाई हसाउने र ‘इमोसनल’ बनाउने ‘सिन’हरु रहेको बताए । आममानिसको जीवनका दुख, पीडा र भोगाइका विषबस्तुलाई चलचित्रमा देखाउन खोजिएको उनले जानकारी दिए । चलचित्रले नेवारी संस्कतिकलाई जोडेर आममानिको यथार्थ र संघर्ष प्रस्तुत गरेको छ ।
नेवारी संस्कृतिलाई जोडेर १० कक्षा पास गरेपछि इन्जिनियरिङ पढ्न चाहने एउटा युवतीले आफ्नो सपनााहरु पुरा गर्न गरेको संघर्षलाई कथानक बनाइएको छ । युवतीको संघर्षमा समाजलाई प्रभाव पार्न आउने पात्रको रुपमा जोशी देखिएका छन् । समाजमा देखिएका विकृति नियन्त्रण गर्ने दायित्व बोकेका सुरक्षाकर्मीको रुपमा पोखरेल छन् । चलचित्रले समाजको ऐना देखाइएको अर्का कलाकार पोखरेलले बताए । समाजको संस्कार, संस्कृति बोकेको यो चलचित्र नेपाली माटो सुहाउँदो रहेको उनले बताए ।
जोशी र पोखरेलसँगै चलचित्रमा अनिषा श्रेष्ठ, शारदा राइ, शेखर चापागाइलगायत कलाकार प्रमुख भूमिकामा छन् । त्यस्तै देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर, महर्जन, सुशास तिमिल्सिनाजस्ता सिनेमाको पर्दामा स्थापित कलाकारहरुको अभिनय रहेको छ ।
यो चलचित्र सुप्रिम म्युजिक एण्ड फिल्म प्रालिको प्रस्तुति हो । विश्वराम बिष्टले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन् । चलचित्रका गीतहरुमा बसन्त सापकोटा र प्रकाश नेपालीको संगित भरेका छन् भने गीतको लेखन बसन्त सापकोटा र निर्देशक उप्रेतीले गरेका छन् । गीतहरुम मिलन नेवार, अस्मिता अधिकारी र प्रल्हाद तिमिल्सिनाजस्ता लोकप्रिय गायकगायिकाको स्वर दिएका छन् ।
धनगढी घर भएका जोशी नेपाली सिने क्षेत्रका स्थापित कलाकार हुन् । उनले दर्जनौँ चलचित्र, टेलिसिरियल, विज्ञापन आदिमा मुख्य कलाकारको भूमिकामा अभिनय गरिसकेका छन् ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।