धनगढीका एक व्यवसायी चेक अनादर मुद्दामा पक्राउ

Monday March 9, 2026

पढ्न लाग्ने समय :


धनगढी : धनगढीका सागर चाैधरीलाई प्रहरीले चेक अनादर मुद्दामा पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीकै अनिलकुमार बमले दिएकाे जाहेरीका आधारमा चाैधरीलाई पक्राउ गरिएकाे जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) याेगेन्द्र तिमिल्सिनाले चाैधरीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए ।

उनकाअनुसार चाैधरीलाई साढे ८ लाखकाे चेक अनादर मुद्दामा नियन्त्रणमा लिइएकाे हाे । नियन्त्रणमा लिइएपछि प्रहरीले दुई पक्षबीच छलफल गराएपनि सहमति भएकाे छैन् ।

सहमति हुन नसकेको अवस्थामा भने मुद्दा जिल्ला अदालतमा पेश हुनेछ ।तर आपसी सहमति भएमा सरकारी वकिलकाे कार्यालय त्यसबारे निर्णय गर्नसक्नेछ ।

चाैधरी धनगढीकाे न्यू एस एण्ड एस फेन्सीका सञ्चालक समेत रहेकाे खुलेकाे छ ।


भर्खर

सुदूरपश्चिममा मुख्यमन्त्री भट्टले नियुक्त गरे चार मन्त्री

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना मन्त्री तथा राज्यमन्त्री नियुक्त

भूमिगत राजनीतिदेखि सुदूरपश्चिमको मुख्यमन्त्रीसम्म : खगराज भट्टको राजनीतिक यात्रा

लामो राजनीतिक संघर्ष, भूमिगत जीवन, पारिवारिक बलिदान र पटक–पटकको चुनावी प्रतिस्पर्धापछि खगराज भट्ट सुदूरपश्चिम प्रदेशको

खगराज भट्टले लिए सुदूरपश्चिमको मुख्यमन्त्रीको सपथ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको छ। प्रदेश