देवानगञ्ज घटनापछि सामाजिक सद्भावका लागि सर्वदलीय बैठक सुरु

Wednesday July 29, 2026

पढ्न लाग्ने समय :


काठमाडौं। सुनसरीको देवानगञ्जमा भएको दुःखद घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्। देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिबारे साझा धारणा निर्माण गर्दै सामाजिक सद्भाव, शान्ति सुरक्षा र द्वेष न्यूनीकरणका लागि राजनीतिक तहबाट संयुक्त सन्देश दिने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष सिके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री स्वर्णिम वाग्ले, नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओली तथा श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायतको उपस्थिति रहेको छ।

बैठकमा देवानगञ्ज घटनाको पछिल्लो अवस्था, शान्ति सुरक्षाको अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा सबै राजनीतिक दलको साझा अपिल जारी गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बैठकको निष्कर्ष र साझा निर्णय सार्वजनिक भएपछि थप विवरण आउने बताइएको छ।


भर्खर

अविरल वर्षाले देशभरका विभिन्न सडक अवरुद्ध, आवागमन प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएका छन् ।

कञ्चनपुर र अछाममा अदालतबाट सजाय तोकिएका पाँच जना पक्राउ

अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका पाँच जनालाई प्रहरीले कञ्चनपुर र अछामबाट पक्राउ

सुदूरपश्चिममा डायलाइसिस सेवा विस्तार गर्ने मुख्यमन्त्री भट्टको पहिलो निर्णय

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई आफ्नो सरकारको प्राथमिकतामा राखेका छन् ।