देउवाबाट अभिभावकीय भूमिका प्राप्त हुने विश्वास

Saturday January 17, 2026

पढ्न लाग्ने समय :


काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गरेको नेतृत्वप्रति आभार व्यक्त गरेको छ।

काठमाडौँमा शनिवार बसेको पार्टीको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पु¥याएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो।

उनले पार्टीमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले बताए। त्यसैगरी बैठकले पदमा नरहेर पनि पार्टीमा नेतृत्व प्रदान गर्दै आएका नेताबाट आगामी दिनमा पनि अभिभावकीय भूमिका अझ बढी सक्रिय भएर लाग्न आग्रह गरेको छ। बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रवक्ता चालिसेले बताए।

नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा शनिवार केन्द्रीय कार्यसमिति बैठक बसेको हो।


भर्खर

राजनीतिक दलको गतिविधिमा संलग्न भए कर्मचारी अयोग्य ठहरिने

काठमाडौँ : सरकारले निजामती कर्मचारी राजनीतिक दलको गतिविधिमा संलग्न भएमा भविश्यमा अयोग्य ठहरिने गरी बर्खास्त

३० हजार मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य

काठमाडौँ : सरकारले अब आयोजना प्रभावित नागरिकलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गर्ने नीति

बाजुरामा खोलाले बगाउँदा बालकको मृत्यु

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । गत आइतबार