दार्चुलामा बृद्वाको हत्या, दुई युवक पक्राउ

Friday February 13, 2026

पढ्न लाग्ने समय :


दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका–८ देबलमा ७१ वर्षीया लक्ष्मी जोशीको हत्या घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

सोमवार राति घरमै मृत फेला परेकी जोशीको हत्या गरेर गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा शैल्यशिखर नगरपालिका–८ कै अन्दाजी २३ वर्षीय उमेश साउँद र बैतडी घर भएका २३ वर्षकै गोपाल नाथ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका साउँद ट्याक्टर चालक हुन् भने नाथ उनको सहयोगीका रूपमा काम गर्थे। मृतक जोशीका छिमेकी समेत रहेका ट्याक्टर चालक साउँदकै योजनामा जोशीको हत्या गरेर गरगहना लुटपाट गरिएको पाइएको प्रहरीले जनाएको छ। उनीहरूले जोशीको हत्यापछि लुटपाट गरेका गरगहना समेत बरामद गरिएको छ। झन्डै दुई तोला बराबरका गरगहना बरामद गरिएका छन्।
उनीहरू मध्ये साउद चोरी मुद्दामा ११ महिना जेल सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन् भने नाथले पनि चार महिना कैद सजाय भोगेका थिए। उनीहरू लागूऔषध दुव्र्यशनीमा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ। बयानका क्रममा दुवै जनाले अभियोग स्वीकार गरेका छन््। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको छ। संघीय प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक (सई) पदमबहादुर थापा नेतृत्वमा खटिएको टोलीले घटनाको सफल अनुसन्धान गरेको हो।


भर्खर

गोदावरीमा भीरबाट टेम्पो खसाल्ने कर्मचारीहरु ५ लाख तिरेर छुटे

धनगढी : कैलालीको गोदावरीमा वन अतिक्रमण हटाउने अभियानका क्रममा भिरबाट टेम्पो फालिएको घटनाको विवाद समाधान

कञ्चनपुरमा १८७ मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

कञ्चनपुरः कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय

कैलालीमा खडेरीले नदीनाला सुके

धनगढी : कैलालीका नदीनाला लामो समयसम्म पानी नपरेपछि सुक्न थालेका छन् । जिल्लाको भजनी क्षेत्रमा बर्सेनि